बहराइनमा अलपत्र परेका महिला श्रमिकलाई सम्पर्कमा आउन दूतावासको अनुरोध

Posted on: 25 Sep, 2020

असोज ९, काठमाडौं । बहराइनमा कोरोना महामारीका कारण अलपत्र परेका महिला श्रमिकको उद्धार गरी पठाइने भएको छ । लामो समयदेखि अलपत्र परेका, हिंसाको उच्च जोखिममा रहेका र स्वास्थ्य समस्या रहेका नेपाली महिलालाई दूतावासले प्राथमिकिकरण गरी स्वदेश पठाउने भएकाले दूतावासमा सम्पर्क गर्न भनेको हो ।

यसरी प्राथमिकिकरण गरेर पठाउने क्रममा छुटेका महिलाको नाम थर, पासपोर्ट नम्बरसहित परेको समस्या खुलाएर दूतावासमा भोलि असोज १० गतेभित्र दूतावासमा सम्पर्क राख्न दूतावासले अनुरोध गरेको छ ।

यसरी अलपत्र परेका महिला श्रमिक बहराइनमा क्रियाशिल कुनै संघसंस्थाको सम्पर्कमा भएमा पनि दूतावासमा सम्पर्कमा ल्याइदिन भनिएको छ । कोरोना महामारीपछि अहिलेसम्म बहराइनबाट १२ सय ७५ जना स्वदेश फर्किएका छन् । विभिन्न समयमा अलपत्र नेपाली श्रमिकको उद्धारका लागि बहराइनबाट चार्टर्ड उडान भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!