३५.८९ अंकले घट्यो शेयर बजार,यी कम्पनीको शेयर मूल्य बढ्यो

Posted on: 18 Apr, 2021

वैशाख ५, काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)३५.८९ अंकले ओरालो लागेको छ । आइतबार नेप्से घटेर २६९९.५१ अंकमा रोकिएको छ ।आज कारोबारमा आएका २ सय ७ कम्पनीको १ करोड ९५ लाख २८ हजार ६ सय ५६ कित्ता शेयर खरिदबिक्री भएको छ । 

आइतबार ८ अर्ब ८० करोड १८ लाख ३ हजार २ सय रुपैंया बराबरको शेयर खरिद बिक्रि भएको नेप्सेले जनाएको छ । यसदिन पाँच कम्पनीको शेयर कारोबार सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । महिला लघुवित्त वित्तीय संस्था,ज्योति लाइफ इन्सोरेन्स,डीबेस्वरी हाइड्रोपावर,नेपाल हाइड्रो डेभलपर्स कम्पनीको शेयर मूल्य दश प्रतिशत बढेको हो । 

आज गुडवील फाइनान्स,कर्णाली डेभलपमेन्ट बैंक,सांग्रिला डेभलपमेन्ट बैंक,ज्योति विकास बैंकको शेयर मूल्य घटेको छ । आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये म्युचल फन्ड बाहेक सबैको शेयर मूल्य घटेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!