फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Posted on: 18 Apr, 2021

वैशाख ५, काठमाडौँ । नेपाल आयाल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजे देखि लागुहुनेगरी पेट्रोल तथा डिजेल / मट्टितेलको प्रति लिटर रू१ ले वृद्धि गरिएको हो । योसंगै काठमाडौँ उपत्यका ( निगमको डिपो क्षेत्रको १५ कि.मि. परिसर भित्र) को लागि नयाँ खुद्रा विक्रि मूल्य क्रमशः रु. १२१ तथा रू १०४ प्रति लिटर कायम गरिएको छ ।

निगमका अनुसार आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको साबिकको बिक्रि मूल्यमा प्रति लिटर रु २ले वृद्धि गरी रु ७६ प्रति लिटर कायम गरिएको छ । एल.पि. ग्याँस तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा विक्रि मूल्य भने यथावत राखिएको छ । 

यसअघि निगमले २२ चैतमा पेट्रोल तथा डिजेल / मट्टितेलको मूल्यमा प्रति लिटर रू २ ले वृद्धि गरेको थियो । यस मूल्य समायोजन पश्चात् पनि निगमलाई पेट्रोलमा प्रति लिटर रू ६/७२ डिजेलमा प्रति लिटर रु.०/४४ तथा एल.पि. ग्याँसमा प्रति सिलिण्डर रु ४१८/४७ घाटा भई अर्धमासिक रूपमा करिब रु. ७०.६६ करोड घाटा हुने निगमको भनाइ छ ।

सो घाटा रकम मूल्य स्थिरिकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गरिने निगमले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!