फेरी बढ्यो सुनको मूल्य

Posted on: 01 Mar, 2021

फागुन १७, काठमाडौँ । आइतबार घटेको सुनको मूल्य सोमबार बढेको छ । हिजोको तुलनामा प्रतितोला रु ४ सयले बढेर छापावाल सुनको मूल्य ८८ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि आइतबार छापावाल सुनको ८८ हजार ३ सयमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको मूल्य प्रतितोला ८७ हजार ८ सय ५० हजार रुपैयाँ कायम भएको थियो भने सोमबार ८८ हजार २ सय ५० कायम भएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला १३ सय २५ रुपैयाँ थियो भने सोमबार ५ रुपैयाँ बढेर १३ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!