पोखरामा बम विष्फोट हुँदा एक सैनिक घाइते, सोहि स्थानमा अर्को संकास्पद वस्तु डिस्पोज गरिदै

Posted on: 18 Apr, 2019

वैशाख ५, काठमाडौँ | पोखरा महानगरपालिका वडा नम्बर १ नदीपुर संकास्पद बस्तु विष्फोट हुँदा एक जना सैनिक जवान घाइते भएका छन् | उक्त संकास्पद वस्तु डिस्पोज गर्ने क्रममा विष्फोट भएको हो | 

उक्त संकास्पद बस्तुलाई डिस्पोजल टोलीले निष्क्रिय गराउने क्रममा विष्फोट हुँदा काली भन्ज्याङ गण पोखराका नायक धर्म बहादुर थापा घाइते भएका हुन् | घाइते थापालाई उपचारको लागि पोखरा स्थित फिस्टेल हस्पिटल लागिएको कास्कीबाट संचारकर्मी कमल सुवेदीले साझा सबाललाई जानकारी दिए | 


सहकर्मी सुवेदीका अनुसार उक्त स्थानमा नजिकै अर्को संकास्पद बस्तु फेला परेको छ | उक्त संकास्पद बस्तुलाई डिस्पोज गर्ने तयारी हुदैछ |  

त्यस्तै आज बिहान पोखरा २९ सैनिक वस्ती घोटघोटेमा अर्को संकास्पद बस्तु सैनिकको डिस्पोजल टोलीले डिस्पोज गरेको छ | 


तश्वीर: कमल सुवेदी (सास/कास्की) 

यस बिषयमा तपाइको प्रतिक्रिया...!