युवा साहित्यकार ढकालको दोस्रो उपन्यास ‘पुरुष निषेध’को लोकार्पण

Posted on: 01 Oct, 2016

असोज १५, पोखरा। साहित्यकार नवराज ढकालको दोस्रो उपन्यास ‘पुरुष निषेध’को लोकार्पण भएको छ । 

उपन्यासको पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्रि खगराज अधिकारीले युवा साहित्यकार नवराज ढकालको दोस्रो उपन्यास ‘पुरुष निषेध’ को समेत लोकार्पण गरेका हुन् । उपन्यासको समिक्षा गर्दै प्राध्यापक डाक्टर यदुनन्दन उपाध्यायले उपन्यास विषयवस्तुका हिसावले उत्कृष्ट भएपनि धेरै विषयवस्तु एकै पटक उठाउँदा उपन्यास धारिलो बन्न नसकेको औंल्याए । त्यसै महिला अधिकारकर्मी सावित्री गौतमले यो पुस्तकले जैविक रुपका पुरुषलाई नभई पितृसत्तात्मक सोच राख्ने पुरुषहरुलाई निषेध गर्न खोजेको बताइन् ।

लेखक ढकालले हालसम्म पनि नेपाली समाजमा लैंगिक विभेद रहेको र पुरुषहरुले यो वा त्यो बाहानामा महिलामाथि दमन गर्ने गरेकोले यसलाई उजागर गर्न यो उपन्यास तयार गरेको बताए । कार्यक्रममा नेकपा एमाले कास्कीका सचिव दामोदर बैरागी, महासंघका प्रदेश नं. ४ संयोजक मनकुमार श्रेष्ठ, जनसंगित मञ्च नेपालका उपाध्यक्ष पद्मराज ढकाल रहेका थिए ।

यस्तै जनसाहित्यिक मञ्च नेपालका उपाध्यक्ष नारायण परिश्रमी, प्राध्यापक डाक्टर रविलाल अधिकारी, पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली तथा अग्रज पत्रकार दीपेन्द्र श्रेष्ठ, महासंघ गण्डकीका निवर्तमान सचिव सुवास मल्ल लगायतको समेत उपस्थिती थियो  ।

  


यस बिषयमा तपाइको प्रतिक्रिया...!