कपिलवस्तुको बुद्धभूमीमा कृषि पर्यटन तथा औद्योगिक महोत्सव हुने

Posted on: 17 Jan, 2018

माघ ३, कपिलवस्तु | कपिलवस्तु जिल्ला र विशेष गरि बुद्धभुमी  नगरपालिका क्षेत्रको स्थानीय उत्पादन, कला संस्कृति, पर्यटन प्रर्बद्धन, आधुनिक कृषि प्रविधीको प्रस्तुती, अटोमोबाइल्सको प्रर्दशनी, साना उद्यम तथा हस्तकला प्रर्दशनी पर्यटकीय विकास, व्यवसायको वृद्धि तथा कृषि उपजहरुको बजारीकरणका लागि यहि माघ १२ गते देखि २१ गते सम्म बुद्धभूमीको इमिलियामा महोत्सव संचालन गर्न लागिएको नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिनुभयो |

मंगलबार नगरपालिकाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मेयर श्रेष्ठले बुद्धभूमी क्षेत्रको समग्र आर्थिक,सामाजिक, पर्यटकीय तथा सांस्कृतिक विकासको लागि महोत्सव संचालन गर्न लागिएको बताउनुभयो । आयोजक जनआर्दश सामाजिक केन्द्रका कमल अधिकारीले महोत्सवको आवश्यक तयारी बुधबारबाट सुरु गरिएको जानकारी दिनुभयो । 

संंस्थाकी उपाध्यक्ष कमला न्यौपानलेले महोत्सव तयारीलाई तिब्रता दिन १ सय ५१ सदस्सीय मूल आयोजक समिति, विभिन्न १७ वटा उप–समिति निर्माण गरि विभिन्न गतिविधी संचालन गरिएको बताउनुभयो ।

यस क्षेत्रको पहिलो महोत्सव हुन गइरहेकाले यो महोत्सव बुद्धभूमी क्षेत्रको मात्र नभई समग्र कपिलवस्तुबासीको भएको नगर प्रमुख श्रेष्ठको भनाई छ । महोत्सवबाट आउने मुनाफालाई संस्थाले सामाजिक क्षेत्रमा खर्च गर्ने बताएको छ । - आभास पौडेलको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!