कोरोनाका कारण कपिलवस्तुकी महिलाको बुटवलमा मृत्यु

Posted on: 29 Dec, 2020

पुस १४, कपिलवस्तु । कपिलवस्तुकी कोरोना संक्रमित एक महिलाको बुटवलमा मृत्यु भएको छ | कपिलवस्तुको वाणगंगा-७ की ५२ वर्षीया महिलाको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो 

उनको  मंगलबार बिहान ५:३४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई पुस २ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसको भोलिपल्ट उनी अस्पतालमा भर्ना भएकी थिइन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!