कपिलवस्तुमा नुहाउने क्रममा डुबेर १ बालिकासहित ३ जना वेपत्ता

Posted on: 02 Sep, 2019

भदौ १६, बुटवल | कपिलवस्तुमा नुहाउने क्रममा डुबेर १ बालिकासहित ३ जना वेपत्ता भएका छन् |  जिल्लाको सन्तघाट नदीमा बाख्रा चराउन गएका उनीहरु तीनैजना नुहाउने क्रममा सोमबार डुबेर बेपत्ता भएकाको प्रहरीले जनाएको छ ।

 शुद्धोधन गाउँपालिकास्थित सन्तघाट नदीमा २५ वर्षीया तारामती कहाँर, १५ वर्षीया तारा कहाँर र ८ वर्षीया बालिका खुस्बु रैदास बेपत्ता भएका हुन् | नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले बेपत्ताहरूको खोजीकार्य जारी राखेका जिल्ला प्रहरीले जानकारी दिएको छ | 

नदी गहिरो, धमिलो र हिलाम्य भएकाले मध्यान्ह १२ बजेदेखि खोजी गर्दा पनि भेट्टाउन नसकिएकोप्रहरीको भनाई छ | ५ जना भएर नुहाउन गएका मध्ये तीनजना वेपत्ता भएका स्थानीयले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!