भैरहवामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

Posted on: 12 Aug, 2019

साउन २७ , बुटवल । भैरहवा–तौलिहवा हुलाकी सडकखण्डमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. २ अविरावकी ४२ वर्षीया प्रमिला यादव रहेका छन् ।

उनी छोरा सञ्जय यादवले चलाएको मोटरसाइकलको पछाडि बसेकी थिइन् । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएपछि जिल्ला अस्पताल तौलिहवामा पुर्‍याइएकोमा उपचारका क्रममा सोमबार बिहान प्रमिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कपिलवस्तु नगरपालिका वडा नं.८ दोहनीस्थित हुलाकी सडक खण्डको पकडी नजिक लु २ त ५८३९ नम्बरको ट्याक्टर र विपरीत दिशातर्फ जाँदै गरेको यूपी ५५ एस ०२१८ नम्बरको भारतीय नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुर्घटनापछि ट्याक्टर चालक भागेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!