कपिलवस्तुमा गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

Posted on: 11 Aug, 2019

साउन २६, कपिलबस्तु | कपिलवस्तुको मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीमा आगजनी भएको छ । सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा राति आगजनी भएको हो ।

आगजनीका कारण गाडी जलेर पूर्ण रुपमा क्षति भएको छ । कपिलवस्तु नगरपालिकाको दमकलले आगो निभाएको थियो । आगजनी किन र कसले गरे भन्ने थाहा नभएको अध्यक्ष चौधरीले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!