बुटवल बसपार्कमा बसको छतमा शव फेला

Posted on: 02 Aug, 2019

साउन १७, बुटवल  | बुटवलको नयाँ बसपार्कमा बसको छतमा शव फेला परेको छ । गुल्मी चन्द्रकोट ठेगाना भएका अन्दाजी ३५ वर्षका दीपक थापाको शव लु१६१३७ नंम्बरको बसको छतमा भेटिएको हो ।

पार्किङ गरिराखेको बसको छतमा आंशिक सडेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याइएको इलाका प्रहरी कार्यालय बुटवलले  जनाएको छ  |

मृतक थापा बसपार्कमा यात्रुहरुलाई बोलाएर बसमा चढाउन सघाउने काम गर्दै आएका व्यक्ति भएको प्रहरीले बताएको छ । घटनाका थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!