चन्द्रौटाबाट जन्मसिद्ध नागरिकता वितरण

Posted on: 25 Apr, 2019

माधव बेल्वासे | वैशाख १२, कपिलवस्तु | कपिलवस्तुको ईलाका प्रशासन कार्यलय चन्द्रौटाले जन्मको आधारमा नागरिकता प्राप्त नागरिकका सन्तानलाई वंशजको नाताले नागरिकता  प्रमाण पत्र वितरण कार्य सुरु गरेको छ । 

विहिवार शिवराज नगरपालिका ६ वस्ने मन्नु कोरीलाई  कार्यलय प्रमुख बिजयराज पौडेलले जन्मको आधारमा नागरिकता  वितरण गर्दै उक्त वितरण कामको सुभारम्भ गरेको जानकारी दिए ।


विगत एक दशक देखी रोकीएको सो वितरण कार्य जिल्ला प्रशासन मार्फत वितरण गर्न परिपत्र आएकोले विरतण सुरुवात गरेको पौडेलले वताए । निवदेनहरु प्राप्त भएमा आवश्यक कागजात पुरा भएकाहरुलाई नागरिकता वितरण गरिने उनले वताए । पौडेलले नागरिकताको लागी वडा कार्यलय मार्फत सिफारीस चाहिने भएकाले वडामा आवश्यक कागजात भए नभएको वारे वुझन परिपत्र गरिएको वताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!