कपिलवस्तुमा अवैध चाँदीसहित एक जना पक्राउ

Posted on: 23 Feb, 2019

फागुन ११, जितपुर | कपिलवस्तुमा प्रहरीले रु पाँच लाख बराबरको अवैध चाँदीसहित एकलाई पक्राउ गरेको छ । 

कपिलवस्तु नगरपालिका–१ तौलिहवा बसपार्कबाट भारतको जिल्ला सिद्धार्थनगर ग्राम उस्का बजार बस्ने वर्ष ७६ का ओमप्रकाश बर्मालाई प्रहरीले चाँदीसहित नियन्त्रणमा लिएको हो । विशेष सुराकीका आधारमा प्रहरी टोलीले बर्माको शरीर खानतलासी गर्दा सेतो रङको आसकोटभित्र चाँदी फेला पारेको बताइएको छ । 

आसकोटभित्र लुकाइछिपाइ राखेको अवस्थामा चाँदी जस्तो देखिने आयात आकारको थान ४ (चार) ८ किलो ४०० चाँदी फेला परेको प्रहरीको भनाइ छ । बरामद गरिएको चाँदीलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ । (रासस) 

यस बिषयमा तपाइको प्रतिक्रिया...!