विप्लवको गृहजिल्ला “कपिलवस्तुमा” बन्दको प्रभाव

Posted on: 27 May, 2019

माधव बेल्वासे | जेठ १३, कपिलवस्तु | नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दले देशभरको जनजीवन प्रभावित बनेको छ । नेकपाका माहासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ को गृहजिल्ला कपिलवस्तुमा पनि विहानै देखि बन्दको उच्च प्रभाव देखिएको हो  । 

जिल्लाका चन्द्रौटा, जितपुर, गोरुसिगे, तौलिहवा लगाएतका स्थानहरुमा बन्दको प्रभाव परेको छ । विप्लवको गृह गाउँ शिवगढीमा आवतजावत गर्ने नागरिकहरुलाई प्रहरीले विशेष निगरानी समेत राखेको छ ।

बन्दको पुर्वसन्धयामा जिल्लाका विभिन्न स्थानमा बम पड्किएका आवाज सुनिए पनि झन जिल्लावासीहरुमा त्रास वढेको छ ।त्यस्तै जिल्लाको दक्षिणि भेग कृष्णनगर, बहादुरगञ्ज, महाराजगञ्जमा भने बन्दको आंशिक प्रभाव परेको छ । सदरमुकाम तौलिहवा र मुख्य व्यापारिक केन्द्र चन्द्रौटामा बन्दको प्रभाव उच्च छ  । पसल, व्यवसायहरु  बन्द छन् । टाढा तथा नजिकका यात्रुवाहक सवारी साधन लचेका छैनन । शैक्षिक संघ संस्थामा पनि बन्द छन ।

जिल्लामा हाल सम्म अप्रिय घटना नघटेपनि आईवार साझ सामुदायिक अस्पताल र वाणगंगा पुल नजिकै विष्फोठक पदार्थ विस्पोठ भएपछि सुरक्षा व्यवस्थालाई प्रहरीले थप मजवुद बनाएको छ । त्यस्तै सोमवार विहान शिवराज नगरपालिका ५ वालापुर मोड नजिकै शक्तिशालि आवाजका साथ विस्फोठ भएको तर कुनै भौतिक तथा मानविय क्षेति नभएको पाइएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!