कपिलवस्तु डान्स आइडल भइन् ऐश्वर्या

Posted on: 21 Dec, 2017

पुस ६, कपिलवस्तु । जिल्लाको वाणगंगा–७ वनगाईको पारिजात माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययनरत विद्यार्थी ऐश्वर्या पौडेलले साताँै कपिलवस्तु डान्स आइडलको उपाधि जित्न सफल हुनुभएको छ । 

यही मंसिर २३ गतेदेखि जितपुर रंगशालामा जारी नवाँै कपिलवस्तु महोत्सवमा सञ्चालन भएको साताँै डान्स आइडल प्रतियोगितामा ५० प्रतिस्पर्धीलाई पछि पार्दै उहाँ प्रथम हुन सफल हुनुभएको हो । उहाँले उपाधिसँगै नगद रु ५५ हजार ५५५ सहित आकर्षक पुरस्कार प्राप्त गर्नुभएको छ । 

बुधबार सम्पन्न आइडल प्रतियोगितामा द्धितीय स्थानमा आवर विज्डम बोडिङ स्कुलमा अध्ययनरत एलिसा सारुले नगद रु ३५ हजार ५५५ सहित आकर्षक पुरस्कार पाउनुभएको छ भने तृतीय स्थान मोतिपुर सामुदायिक विद्यालयमा अध्ययनरत मोनिका हमालले प्राप्त गर्नुभएको छ । उहाँले पनि नगद रु २५ हजार ५५५ सहित आकर्षक पुरस्कार प्राप्त गर्नुभयो । 

जिल्लाभित्र सर्वाधिक चर्चा बटुलेको डान्स आइडलको उपाधिलाई जिल्लावासीले महत्वका साथ हेर्ने गरेका छन् । महोत्सवको बुधबार युवा तथा खेलकुदमन्त्री राजन केसीले समापन गर्नुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!