कञ्चनपुरमा स्कुल बस दुर्घटना,३० जना विद्यार्थीको उद्दार

Posted on: 15 Mar, 2020

चैत २,कञ्चनपुर |  कञ्चनपुरमा विद्यार्थी बोकेको बस दुर्घटना भएको छ | जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ अमरपुरमा युनिभर्सल बाल विद्या निकेतनको म १ ख ४२४ नम्बरको बस दुर्घटनामा परेको हो |

उक्त बसबाट ३० जना विद्यार्थीको उद्धार गरिसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ | उद्दार गरिएका बालबालिकाको अवस्था सामान्य रहेको छ | प्रहरीका अनुसार बस बाटोमा चिप्लेर पोखरीमा खसेको हो |

अहिले बस पोखरीबाट निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!