बैलौरी नगरपालिकाका सव ईन्जिनियर ६० हजार घुस लिदा-लिदैँ पक्राउ

Posted on: 17 Feb, 2019

भाष्कर के.सी. | फागुन ५, महेन्दनगर | कञ्चनपुरको बेलौरी नगरपालिकाका सव इन्जिनियर हृदयराज बनगाईँ ६० हजार घुस लिदाँ लिदैँ पक्राउ परेका छन् । 

सेवा ग्राहीबाट घुस लिईरहेका बेला अक्तीयारको टोली रङ्गेहात पक्राउ गरिएको अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय महेन्द्रनगरका सुचना अधिकारी राजन नेपालले बताए । उनका अनुसार सव ईन्जिनियरले कलभट निमार्णमा बिल पास गर्दा उपभोत्ता समितिबाट कमिसन माग गरेको हो । 

अक्तीयारका डिएसपी प्रेम बस्नेतको टोलीले सव ईन्जिनियर बजागाईँ पक्राउ गरेको हो । आयोगका सुचना अधिकारी नेपालले सव ईन्जिनियर बिरुद्ध २४ घण्टा भित्रमा विशेष अदालतमा मुद्धा दर्ता गरिने उनको भनाई छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!