छिटै पागल मन लिएर आउदैंछन् आर्यन

Posted on: 15 Jun, 2018

भाष्कर के.सी/असार १, कञ्चनपुर | दुई वर्ष अघि (२०१६)मा सुदूरपश्चिममा आफनो जित सुनिश्चित गर्न भोट माग्दै हिडेका आर्यन ठकुरी,  कान्तिपुर मोडेल एजेन्सी र सङ्गीत नेपालको संयुक्तले देशव्यापी रुपमा आयोजना गरेको गोल्डेन स्टार खुल्ला एकल गायन प्रतियोगितामा सबै सहभागीलाई पछाडी पार्दै उपाधी चुम्न सफल भएका थिए ।


उनै आर्यन ठकुरीले दुई वर्ष पछि पागल मन बोल्को भिडियो  गीत ल्याएर अहिले बजारमा आएका छन्। छिटै रिलिज हुने उनको पागल मनको गीतबाट स्रोताहरुको माया साथै राम्रो प्रतिकृया पाउने आशा बोकेका छन् ।

कञ्चनपुरको बेल्डाँडीमा घर भई महेन्द्रनगर बस्दै आएका शाहीले विभिन्न स्टेज–सो तथा कार्यक्रममा आफनो प्रस्तुति दिएर दर्शक स्रोताको मन जित्न सफल भएका छन् । कञ्चनपुरका होटल व्यवसायीका सदस्य तथा होटल व्यावसायी नरेन्द्र बहादुर शाहीका जेठा छोरा आर्यन सानै देखि संगितमा रुची राख्ने गर्दै आएको र संंगीतमा सफल हुर्दै गएकोले आफुलाई पनि गर्व भएको बुवा नरेन्द्रले बताउनु भयो ।

गुरुकुल संगीत विद्यालयलमा सास्त्रीय संगीत पढेका शाही संगीतका गुरुदेव कामत संग र अहिले मुरर्छना संगित विद्यालयमा मनोज राज शिवाकोटी सँग सिक्दै र पढदै छन् । काठमाडौंमा वस्दा अंकल पदम शाही र कमल शाही जो अहिले युएसए र कोरियामा छन् उनीहरु साथै त्यसबेला आफुलाई गोल्डेन स्टार खुल्ला एकल गायन प्रतियोगितामा विजय बनाउनको लागि सुदूरपश्चिमका दर्शक स्रोता लगायत सम्पुर्ण संगीत प्रेमीलाई आफुले सम्झन चाहेको उनले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!