दुर्घटना न्युनिकरणका लागि सुदूरपश्चिम सडक सुरक्षा सञ्जाल

Posted on: 03 Feb, 2020

प्रेमराज भट्ट | माघ १९,महेन्द्रनगर | सुदूरपश्चिममा पछिल्लो समय बढ्दै गईरहेको सडक दुर्घटना न्युनिकरण तथा जनधनको क्षेती कम गर्न सुदूरपश्चिम  सडक सुरक्षा सञ्जालले सरोकारवालाहरुसंग विचार विर्मश गरेको छ । विभिन्न कारणले सवारीसाधन दुर्घटना दिन प्रति दिन बढिरहरेको सवाललाई मध्यनजर गर्दै सम्पूर्ण नागरिक समाज , पत्रकार लगायत सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउन उक्त छलफल आयोजना गरिएको हो |

सञ्जालले यही फाल्गुन २३ देखि २४ गते सडक सुरक्षा सम्वन्धि अन्तर्राष्टिय स्तरको सम्मेलनको आयोजना गर्ने परिकल्पना गर्नुका साथै सबै संघ संस्थाहरुलाई साथ सहयोगका लागि अपिल समेत गरेको छ । संञ्जालका अध्यक्ष युवराज भट्टले सडक दुर्घटनालाई न्यून गर्न एकल प्रयास प्रयाप्त नहुने बताए । उनले भने , दुर्घटनाकै कारण हजारौं जानाले अकाल मृत्यू र अङ्गभङ्ग हुनु परेको हुदाँ सबै सचेत र सर्तक बन्नु पर्छ ।

सरकारले २०२० सम्म ३० प्रतिशतसम्म अहिले भईरहेको सडक दुर्घटना तल झार्ने उद्देश्य लाई सहयोग गर्न आफुहरु लगीरहेका छौं उनले भने । आफ्नो विचार राख्दै पत्रकार मोहन विष्टले सबैमा जनचेतना बढाउनुपर्ने र अत्याधिक हतारपतार गर्ने प्रवृत्तिमाथि परिवर्तन आउनुपर्ने धारणा राखे । उनले यातायातकर्मीहरुलाई सामाजिक रुपमा  सम्मानजनक अवस्था सिर्जना गर्नुको साथै सवारीसाधन  चालक तथा सहचालकहरु मर्यादित बनाउन अति आश्यक रहेको तर्फ सोच्न आग्रह गरे । 

महाकाली यातायात बहुउद्देश्यीय कम्पनी प्रा.लि का अध्यक्ष डम्बर पन्तले यातायात भाकाभाक बृद्धि हुने तर सडकको अवस्था उस्तै रहने हो भने दुर्घटनामा कमी नआउने बताए । उनले राज्यले ल्याएका नितिनियमहरु कार्यान्वयन हुनुमा सरकारी निकाय बढता जिम्मेवार रहेको जीकीर गरे । सबै क्षेत्रमा सीप परीक्षा हुने औचारिक अध्यापन हुने तर यातायात चालक लाई डाईभीङ्ग स्कुलिङ्ग सेन्टर नखुल्नु दुखद भएको वताए । गल्ती साना सावारी साधनले गर्दा पनि ठूला साधन लाई दोषी देखाउने कानुन न्यायसङ्गत नभएको र  दुर्घटना बृद्धि हुनुमा यातायात व्यावसायीलाई दोष दिन नमिल्ने बताए ।

यातायात व्यावसायी देवराज जोशीले सडक सुरक्षा सम्वन्धी कार्य विगतमा गर्न खोजेको स्मरण गर्दै  सरकारको लापर्वाही कारण यस्तो अवस्था आएको वताए । कार्यक्रममा कुरा ठिक्क पार्ने तर व्यवहारमा लागु हुने गरेको छ , यसप्रति सर्तक भई अगाडि बढन संजाललाई आग्रह गरे । यस्तै होटेल व्यावसायी संघ कञ्चनपुरका अध्यक्ष परमानन्द भण्डारीले दुर्घटना न्यून गर्न सके पर्यटक संख्या उल्लेख्य रुपमा बढने धारण राखे । उनले नागरिक स्तरमा सचेतना नफैलाएसम्म सडक सुरक्षा को प्रत्याभूती हुन नसक्ने वताए । 

पत्रकार धर्मराज कठायतले विद्यार्थीहरुमा बढदो मोबाईल फोन प्रयोग र ध्यान नदिने प्रवृत्तिका कारण समेत घटनाहरु भईरहेको तथ्य राखे । उने सबै स्थानीय निकाय , प्रदेश र संघीय सरकारबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिए । 

प्रहरी निरिक्षक धर्मेन्द्र रावलले प्रहरी एक्लैले मात्रै दुर्घटना रोक्न नसक्ने बताए । सर्वपक्षीय सहमती र प्रतिवद्धता उच्च राजनैतिक तहमा हुनुपर्नेमा उनले जोड दिए । यसैगरी सुदूर पश्चिम प्याब्सनका अध्यक्ष तथा ग्लोबल एकेडेमीका पीनस सुरेन्द्र ओझाले वालवालिकाहरुविशेष जोखिम पर्ने गरेको प्रति सबै सरोकारवालाहरुको ध्यानाकर्षण गराए ।

कार्यक्रममा  जिल्ला स्थीत सबै सरोकारवालाहरुको उपस्थिती रहेको थियो भने उक्त छलफललाई पत्रकार रनी विवशले गरेका थिए । सबैले सुदूर पश्चिम सडक सुरक्षा सञ्जाललाई सडक सुरक्षा सम्बन्धी अन्तरराष्टिय सम्मेलमा आवश्यक साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नागरिक सबै सचेत र सतर्क हुनुपर्ने देखिन्छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!