वेदकोट नगरपालिका १६ औं महिला स्वास्थ स्वयं सेविका दिवस

Posted on: 05 Dec, 2019

भाष्कर के.सी. | मंसिर १९, कञ्चनपुर | १६ औं महिला स्वास्थ स्वयंसेवीका दिवस २०७६ भव्यताका साथ मनाइयो ।  ‘गाँउघरमा महिला स्वास्थ्य स्वयं सेविका, स्वास्थ्य प्रबर्धनमा अहम भुमिका’, खोप लगाऔं, विविन्न रोग बाट बचौं, घर आगँन सफा राखौं । 


जस्ता नारा लिएर वेदकोट नगरपालिका देखि निकलेको ¥यालीले सिसैया चौक हुदै पनु वेदकोट नगरपालिकामा एक कार्यक्रम विच १६ औं महिला स्थास्थ्य स्वयं सेविका दिवस मनाइएको छ । महिला स्वास्थय स्वयंम सेवीका दिवसको उपलक्ष्यमा ८५ जना महिलालाई वेदकोट नगर प्रमुख अशोक चन्दले कदर पत्रका साथ सम्मान गर्नु भएको छ । भने ७५–७६ को कार्य मुल्याङ्खनको आधारमा उत्कृष्ट ९ जना महिला स्वास्थ्य सेििवकालाई प्रमाण पत्रका साथ सम्मान गरिएको छ। 


गोमा रावल वेनपा १०, गोमती साउद वेनपा ३, निर्मला मल्ल वेनपा १,  पार्वती बुचा बेनपा ४,  राधिका महरा बेनपा ८, वैजन्ती सिह, वेनपा ७,गौमती चन्द, वेनपा ८,  बसन्ती विष्ट रहेका छन् । महिला स्वास्थ्य स्वंय सेविका भानुमति खडायतको सभापतित्वमा, नगर प्रमुख अशोक कुमार चन्दको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।


‘गाँउघरमा महिला स्वास्थ्य स्वयं सेविका, स्वास्थ्य प्रबर्धनमा अहम भुमिका’ उक्त कार्यक्रममा विशिष्ट अतिथी नगर उप प्रमुख शुशिला सिह, विशिष्ट अतिथि नि. प्रमुख प्रशासकीय अधिकृत पदम राज भट्ट, विशिष्ट अतिथी स्वास्थ कार्यालय कंचनपुर का प्रमुख शिव राज सुनार, अतिथि वेदकोट नगरपालिका वडा नम्बर १, ६,७,९ का अध्यक्षहरु कार्यपालिका सदस्य  लगायत स्वयं सेबिकाहरुको भब्य उपस्थिति रहेको  थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!