भीमदत्तको प्रथम स्थापना दिवश मनाउन थाल्यो काम

Posted on: 01 Dec, 2019

भाष्कर के.सी. | मंसिर १५, कञ्चनपुर | कञ्चनपुर भीमदत नगरपालिकाले प्रथम नगरपालिका स्थापना दिवस भव्यताका साथ मनाउन  नगर प्रमुखको विशेष उपस्थिीतिमा नगर उप–प्रमुख शुशिला सिहको अध्यक्षतामा सचिवालय बैठक बसी विभन्न निर्णय गरेको छ । 

जसको लागि विभिन्न उप समिति बनाई कार्य बाडफाँड भएको छ । मञ्च व्यवस्थापन तथा सुरक्षा व्यवस्था उप समिति संयोजक वडा नं. २ का वडा अध्यक्ष डम्बर कार्की, प्रचार प्रसार तथा स्मारिका प्रकाशन उप समितिम संयोजक वडा नं. १७ का वडा अध्यक्ष हिमाल चन्द, अतिथि संस्कार तथा खाद्य तथा आवास व्यवस्थापन उपसमिति संयोजक वडा नं. १० का वडा अध्यक्ष प्रमानन्द जोशी, पुरस्कार तथा सम्मान व्यवस्थापन उपसमिति संयोजक वडा नं. ९ का वडा अध्यक्ष राम नाथ, सांस्कृति कार्यक्रम तथा अक्तिरिक्त कार्यक्रम उपसमिति संयोेजक वडा नं. ६ का वडा अध्यक्ष हरक सिह धामी, सचिवालय तथा कार्यालय व्यवस्थापन उपसमिति संयोजक वडा नं. १५ का वडा अध्यक्ष भीम बहादुर साहुलाई जिम्मेवारी तोकिएको छ ।

माघ ७ गते हुने प्रथम स्थापना दिवश भव्यताको साथ मनाउन सबैले हातोमालो गर्नु पर्नेमा वडा नं. १७ का वडा अध्यक्ष हिमाल चन्दले जोड दिनु भयो । सबैको साथ सहयोग र इमान्दारी साथ काम गरे समृद्धिको नाराले सफलता पाउनेमा कुनै दुई मत नरहेको चन्दले बताउनु भयो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!