जनमोर्चा कञ्चनपुरको अध्यक्षमा कार्की

Posted on: 04 May, 2019

भास्कर के.सी | वैशाख २१, कञ्चनपुर | राष्ट्रिय जनमोर्चा कञ्चनपुरको पाचौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । “संघीयता, राष्ट्रिय विखन्डन र प्रतिगमनका खतरा विरुद्ध हाम्रो अभियान ! गणतन्त्रको रक्षा तथा बढ्दो महङ्गी, भ्रष्टाचार हत्याहिंसा र बलत्कारका घटना अन्त्यको लागि पाचौँ जिल्ला सम्मेलन” भन्ने मुल नाराका साथ शुक्रबारदेखि शुरु भएको सम्मेलन शनिबार सम्पन्न भएको हो । 

सम्मेलबाट अध्यक्षमा राम बहादुर कार्की चयन भएका छन् । उपाध्यक्ष मञ्जु परियार, सचिव अहिमान थापा, कोषाध्यक्ष हरि लम्साल, सचिवालय सदस्य लाल बहादुर कुँवर, सदस्य सहबीर सुनार, रङ्ग बहादुर चौधरी, चक्र रैकाल, निरु कोली, दयाराम अधिकारी, रामा नेपाली, बिक्रम चौधरी, लल्तु राना, गौरा सार्की, गोबिन्द बोहरा चयन भएका छन् । 

भने वैकल्पिक जिल्ला सदस्यमा राज बहादुर राना, शुशिला पण्डित, पुथ्वी केसी, शुशिला नेपाली र सल्लाहकारमा जय बहादुर मल्ल, कुवेर नाथ, लाहानु चौधरी, भक्त बहादुर सुनार र सुरेन्द्र चौधरी रहेका छन् । जिल्ला सम्मेलनले संघीयता खारेजी सहित १८ बुदे प्रस्ताव पारित गरेको छ । तत्तकालिन जनमोर्चा कञ्चनपुरका अध्यक्ष लोकेन्द्र लम्सालको अध्यक्षतामा शुरु भएको सम्मेलनको केन्द्रीय सदस्य मनोज भट्टले उद्घाटन गरेका थिए ।


 तराई मधेश जनवादी मोर्चाका केन्द्रीय महासचिव राजाराम चौधरी, जातिय समता समाजका महासचिव गोविन्द्र वि.क., अखिल (छैठौं) का महासचिव  महेश राज जोशी, मजदुर नेता कमल शाहु, जनजाति सम्मेलनका राजकुमार चौधरी, अखिल नेपाल महिला संघकी कमला चौधरी, किशान नेता लक्ष्मि दत्त बडू, अखिल (छैठांै) जिल्ला सचिव पुष्कर भट्ट लगायतका नेताहरुको सहभागिता रहेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!