कालिकोटमा सडक निर्माणमा खटिएका मजदूरको मृत्यु

Posted on: 17 Feb, 2021

फागुन ५, कालिकोट । कालीकोटको पचालझरना गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सडक निर्माणमा खटिएका महिला मजदूरको मृत्यु भएको छ । सडक निर्माण गर्दै गर्दामाथि आएको ढुङ्गाले च्यापिएर पचालझरना गाउँपालिका–३ कि ४७ वर्षीया बिउरा ऐडीको मृत्यु भएको हो । 

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकाको लाफा चौथा सडक मर्मत काम गरिरहेको बेला माथिबाट खसेको ढुङ्गामा च्यापिएर उहाँको मृत्यु भएको गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताउनुभयो ।

‘‘सडक निर्माण गर्दै गर्दा एक्कासि माथिबाट खसेको ढुङ्गा लागेर ऐडीको मृत्यु भएको छ’’ उहाँले भन्नुभयो,“ऐडीको परिवारलाई राहत दिने निर्णय भएको छ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!