कर्णाली नदिमा जीप खस्दा गाउँपालिका उपाध्यक्ष सहित दर्जन बढी वेपत्ता

Posted on: 18 Jun, 2019

असार ३, कालिकोट | कर्णाली नदिमा जीप दुर्घटना हुदा दर्जन बढी वेपत्ता भएको हुनसक्ने आशंका गरिएको छ । हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को खार्पुनाथबाट याक्चु कुना जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप गाढी बेणु बिसौना र कैलेबालुको बिच खण्डबाट कर्णाली नदिमा खसेको हो । 

जीप खस्दा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष शिन्दु हमाल शाही सहित झन्डै १६ जना वेपता भएको  याक्चु प्रहरीलाई उदृत गर्दै सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले जानकारी दिए । खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ मा पर्ने बेणुबिसौना र कैलेबालु भन्ने ठाउँबाट आज अपरान्ह १ बजे गाडी दुर्घटना भएको हो । 

गाडीमा कति यात्रु सवार थिए भन्ने एकिन भइनसकेकोले  सहायक प्रमुख जिल्ला अधिकारी पोखरेले जानकारी दिए । अहिले नेपाली सेना, प्रहरी, शसस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको प्रयासमा उद्धार जारी रहेको प्रहरीले जनाएको छ । तर गाडी नदिमा खसेको केहि समय पछि उक्त गाडी कर्णाली नदिले पुरै डुबाएकोले कुन ठाउँमा गाडी छ, भन्ने थाहा नभएको घटनास्थलमा पुग्नु भएका पत्रकार राजन रावतले बताए । 

सिमकोट विमानस्थल बाटै फिस्टेल एयरको हेलिकप्टरबाट घटनास्थलमा सुरक्षा निकाय पुगिसेकका छन् ।  घटनाको विस्तृत विवरण आउन बाँकी छ  । 

खार्पूनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलका अनुसार उक्त जिप हुम्लाको सिमिकोटबाट गाउँपालिका कार्यालय आउने क्रममा करिब साढे १२ बजे बाटोबाट कर्णालीमा खसेर दुर्घटनामा परेको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!