कैलालीमा घुस लिएको आरोपमा नायब सुब्बा र खरिदार पक्राउ

Posted on: 06 Aug, 2019

साउन २१, कैलाली  | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टिकापुरस्थित मालपोत कार्यालयका नायब सुब्बा सिंहबहादुर कुँवर र खरिदार नरराज पाण्डेलाई  आठ हजार रूपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको छ ।

दुबै जनाले लम्की चुहा नगरपालिका र जानकी गाउँपालिका केही सेवाग्राहीको हराएको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि बनाउने प्रयोजनाका लागि घुस मागेको आयोगले आरोप लगाएको छ ।

दिव्यश्वरी जग्गा अधिग्रहण आयोजनामा कार्यरत नायब सुब्बा देउमान कडरियाले जग्गाको लालपुर्जा बनाइदिने भन्दै रु ५० हजार घुस मागेको आरोप छ । उनीहरुलाई काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोलाबाट पक्राउ गरिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!