आमाबुवालाई नयाँ घरमा राख्ने रवी ओडको सपना अधुरै बन्यो (भिडियो)

Posted on: 27 Dec, 2018

पुस १२, काठमाडौं | अलिकति खुसी र साङ्गितिक यात्रामा भर्खर नेपाल आइडल २ बाट आइडल बनेका रबि ओडका ममतामयी आमाको निधन भएको छ । बुधबार बिहान उनको करेन्ट लागेर मृत्यु भएको हो । पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको बताइएको छ ।

कञ्चनपुरमा रहेका रवि पनि अस्पतालका लागि हिँडे । उनले बाटैबाट अस्पतालका चिकित्सकलाई फोन गरेर आफू आइरहेको र जसरी भएपनि आफ्नी आमालाई बचाई दिन आग्रह गरेका थिए । रविले चिकित्सकलाई फोन गर्दा उनकी आमा विष्णाले संसार छोकिसकेकी थिइन् । अस्पताल पुग्नु अगाडि नै उनको मृत्यु भइसकेको चिकित्सकहरुले जानकारी दिएका छन् । बुधवार बिहान करेन्ट लागेर ४५ वर्षीया बिष्णा वडको मृत्यु भएको हो । बिहान सात बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेकी ४५ वर्षीया विष्णा वडको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । करेन्ट लागेपछि घाइते रहेकी उनलाई बिहान ९ बजे सेती अञ्चल अस्पताल पुर्याइएलगत्तै चिकित्सकहरुले मृत घोषित गरेका थिए ।

बिष्णा रविको सौतेनी आमा हुन् । उनकी जन्म दिने आमाको भने यस अघि नै मृत्यु भइसकेको थियो ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!