काठमाडौंमा नयाँ मास्क उद्योग, भोलि सरकारलाई ५० हजार मास्क उपलब्ध गराउँदै

Posted on: 24 Mar, 2020

चैत ११, काठमाडौँ | सरकारको पहल तथा निजी क्षेत्रको अगुवाईमा काठमाडौंमा नै ठूलो क्षमतामा मास्क उत्पादन सुरु भएको छ । नेपाल चेम्बर अफ कमर्सको सक्रियतामा व्यवसायी दीपक मल्होत्रासहितका व्यवसायीकाले लगानीमा नयाँ मास्क उद्योग खोलिएको हो ।

दैनिक ५० देखि ७० हजार गोटा मास्क उत्पादन गर्न सकिने गरी उद्योगले उत्पादन सुरु गरेको चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए । नाकामा मेसिन र उपकरणहरु अडि्कँदा निर्धारित समयभन्दा ३ दिन ढिला गरेर सोमबारबाट मास्क उत्पादन सुरु भएको हो ।

‘भोलि हामी सरकारलाई ५० हजार मास्क उपलब्ध गराउँदैछौं,’ श्रेष्ठले भने,’त्यसपछि क्रमैसँग राजधानी र राजधानी बाहिरका पसहलरुमा मास्क बिक्री सुरु गर्नेछौं ।’

उनले निजी क्षेत्रले समाजिक उत्तरदायित्वलाई ध्यानमा राखेर संकटको समयमा मास्क उत्पादन सुरु गरेको बताए । नेपालमा अहिले मास्कको चरम अभाव छ । यसका कारण कालोजारी पनि मौलाएको छ ।

सरकारले निजी क्षत्रेलाई मास्क उत्पादन गर्न आग्रह गरेबमोजिम निकै तीव्रताका साथ नयाँ उद्योग खोलेर उत्पादन सुरु गरिएको हो । चेम्बर अफ कमर्स सरकारलाई संकटको सामाना गर्न सघाउने भन्दै अध्यक्ष श्रेष्ठले सबैको सहयोग आवश्यक रहेको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!