जन्मोत्सवमा हेल्प फर ह्याप्पीनेसकी सदस्य संगीताद्वारा असहायलाई खाद्यसामग्री सहयोग

Posted on: 27 Jan, 2020

माघ १३, धनगढी | समाजिक संस्था हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिम आपतकालीन असहाय सहयोग कोषकी सदस्य संगीता कुवँरले असहाय तथा मानसिक रोगीहरुलाई खाद्यसामग्री सहयोग गरी जन्मोत्सव मनाएकी छिन् |


कैलालिको धनगढी स्थित दृष्टि फाउण्डेसनमा आश्रित असहाय एवंम् मनोरोगीहरुलाई सहयोगार्थ खाद्यान्न र दैनिक आवश्यकताका सामानहरु हस्तान्तरण गरिएको हो | खाद्य सामाग्रीहरु चामल, दाल ,सुजि ,चिउरा ,भुजा,नुन,तेल बिस्कुट,चिनी ,चियापत्ती  लगायतका समाग्री हस्तान्तरण गरिएको हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिम आपतकालीन असहाय सहयोग संस्थाका सदस्य सुरेश अधिकारीले जानकारी दिए |


सोही अवसरमा संस्थाकी सदस्य स्वेता अग्रवालले आस्रितहरुलाई १३ थान न्यानो लुगा सहयोग गरेकी छन् | जन्मोत्सव कार्यक्रममा हेल्प फर ह्यप्पिनेस सुदूरपश्चिमका संयोजक घनश्याम भण्डारी ,इमजेन्सी मेडिकल टिम,इमर्जेन्सी भेटेरेनरी र आपतकालीन असहाय सहयोग कोषका सदस्य  लगायतको उपस्थिति रहेको थियो |


कार्यक्रममा बोल्दै जन्म दिन परेकी कुवँरले, असहायसंग जन्म मनाउन पाउँदा र ह्याप्पिनेसको साथले एउटा अर्को परिवारको साथ पाएकोमा खुशी लागेको बताइन् | उक्त संस्थाका सदस्य  सुरेश अधिकारीले असहायलाई सहयोग गरि विभिन्न कार्यक्रमहरु गर्दै आएकोमा संस्थालाई धन्यवाद दिदै आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् |


कार्यक्रममा दृष्टिफाउण्डेसनका तर्फबाट बोल्दै व्यवस्थापक चन्द्रा तिरुवाले हेल्प फोर ह्याप्पीनेस टिमले निरन्तर साथ र सहयोग गरेकोप्रति धन्यावाद दिँदै अगामी दिनमा पनि सहयोग रहने अपेक्षा रहेको बताइन | हेल्प फर ह्याप्पिनेस सामाजिक क्षेत्रमा क्रियाशील युवाको समूह हो | समूह आवद्ध युवाले आपतमा परेकालाई सहयोग गर्दै आएका छन् | यसैगरी जन्मदिनको अवसरमा पनि असहायलाई सहयोग गर्दै आएका छन् |


यस बिषयमा तपाइको प्रतिक्रिया...!