प्रदेश ७ का मुख्यमन्त्रीद्वारा मोहनाको पुल जेठभित्र सक्न निर्देशन

Posted on: 14 Sep, 2018

भदौ २९, धनगढी (रासस) | प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढी उपमहानगरपालिकाको पश्चिमी सीमा नदी मोहनामा निर्माणाधीन पुल आगामी जेठभित्र निर्माण सक्न निर्देशन दिनुभएको छ । 

निर्माणाधीन पुलको आज निरीक्षण गर्नुहुँदै मुख्यमन्त्री भट्टले पुल निर्माणमा संलग्न निर्माण कम्पनी र डिभिजन सडक कार्यालयलाई निर्माण कार्य सक्न निर्देशन दिनुभएको हो । लामो समयसम्म पनि योजना सम्पन्न नगर्ने प्रवृत्तिलाई प्रदेश नं ७ मा अन्त्य गरिने उल्लेख गर्दै उहाँले जनतालाई सेवासुविधा उपलब्ध गराउने काममा कसैले बहाना बनाउन नहुने बताउनुभयोे । 

धनगढीमा आयोजित थारु कल्याणकारिणी सभा कैलालीको आठौं जिल्ला अधिवेशन उद्घाटन समारोहमा मन्तव्य व्यक्त गर्नुहुँदै प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट । तस्वीर: तिलकराज ओझा, कैलाली, रासस

विसं २०७१ असार ३१ मा सम्झौता भई तीन वर्षभित्र निर्माण सक्नेगरी काम शुरु गरिएको उक्त पुलको लागत करीब रु १० करोड रहेको छ । निर्माणको समयावधि पटकपटक थपिँदै गए पनि सो पुल निर्माणमा ढिलाइ हुँदा नदी वारि र पारिका बासिन्दाको आवामगन असहज बनेको जनगुनासो बढेपछि मुख्यमन्त्री भट्ट र भौतिक पूर्वाधार विकास मन्त्री पठानसिं बोहराले आज पुल निरीक्षण गर्दै स्थानीयवासीसँग छलफल गर्नुभएको हो । 

लाइट एड्भेञ्चर कम्पनीले ठेक्का पाएको सो पुलको निर्माण सम्झौता अवधि सकिएकामा पुनः आगामी २०७६ असारसम्म निर्माण पूरा गर्ने भन्दै निर्माण कम्पनीले म्याद थपिदिन निवेदन दिएको बताइएको छ । 

थारु कल्याणकारिणी सभा कैलालीको शुक्रबार धनगढीमा आयोजित आठौं जिल्ला अधिवेशन उद्घाटन समारोहमा विभिन्न विधाका क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान पत्र प्रदान गर्नुहुँदै प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भÂट्ट । तस्वीर: तिलकराज ओझा, कैलाली, रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!