जुम्लामा बेपत्ता १३ जनाको खोजीका लागि हेलिकोप्टर पठाइँदै

Posted on: 16 Dec, 2019

मंसिर ३०, जुम्ला | हिमपात र बर्षाका कारणले जुम्लामा १३ जना बेपता भएका छन् | जडिबुटी खोज्न जाँदा बेपत्ता भएका १३ जनाको खोजीका लागि गृह मन्त्रालयले हेलिकोप्टर पठाउने तयारी गरेको छ | सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर परिचालन गर्न लागिएको निमित्त प्रमुख जिल्ला अधिकारी देबेन्द्र श्रेष्ठले बताएका छन् |

उनका अनुसार सुर्खेतको भिजिबिलिटी कम भएका कारण अहिलेसम्म हेलिकोप्टर उड्न सकेको छैन | आकाश खुल्नासाथ हेलिकोप्टर उडाइने र बेपत्ता नागरिकको खोजी गरिने बताएका छन् | ठूलो संख्यामा नागरिक बेपत्ता भएपछि आइतबार जिल्ला सुरक्षा समितिको बैठक बसेर उद्दारका लागि गृह मन्त्रालयमा पत्राचार गरिएको थियो |

अहिले जुम्लामा नेपाली सेनाको उद्दार टोली तयारी अवस्थामा रहेको छ | सम्कर्पक विहीन हुनेमा ९ जना पुरुष र ४ जना महिला रहेका छन् | तिला-९ ढिपु गाउँका धनबहादुर बोहोरा, छविराज बोहोरा, जंग रावत, सुमबहादुर बोहोरा, नरवीर बोहोरा, नरबहादुर बाेहोरा, तुलु बोहोरा, ननिलाल रावत, सूर्य रावत, कल्पना बोहोरा, लाउरी बोहोरा, रेश्मा बोहोरा र मनमाया बोहोरा बेपत्ता रहेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!