जुम्लामा गाडीले किचेर एकको मृत्यु

Posted on: 03 Sep, 2019

दान बहादुर बुढा | भाद्र १७, मुगु | सुर्खेतबाट मुगु आउदै गरेको  बसले किचेर एक जना यात्रुको मृत्यू भएको छ । भे १ ज ७९६ नम्बरको सिचापाईला यातायात प्रा.लीको बसले हिजो राति अन्दाजि ९ बजे पछि जुम्ला जिल्लाको कनका सुन्दरी गाँउ पालिकाको रोकावाडा भन्ने ठाउमा किच्दा उपचारको लागी कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा  मृत्यु भएको हो |

 मृत्यु हुनेमा मुगु जिल्ला सोरु गाँउपालिका वडा नम्बर २ नचार स्थाीई ठेगाना भएका बर्ष १८ का लोकजन शाहीको रहेको प्रहरीले जनाएको छ |

मृतक यात्रुको लासलाई अहिले कर्णाली स्वास्थ बिज्ञान प्रतिष्ठानमा राखीएको छ |  हिजो राति नै जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय र मातहतका सुरक्षा मार्फत सवारी चालक र सवारीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको घाईते लाई उपचार गराउदा गराउदै गए राति २ बजे १० मिनेटमा मृत्य भएको जाकारी पाउदा निकै दुखद् भएको र अन्य प्रक्रिया कानुन बमोजिम अगाडी बढ्ने मृतक लासलाई मृतकका आफ्न्त आएपछि जिम्मा लगाउने जिल्ला  प्रशासन कार्यालय जुम्लाका प्रमुख दुर्गा बन्जाडेले बताएकी छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!