जुम्ला प्रतिष्ठानका बिरामीलाई फलफुल बितरण

Posted on: 18 Feb, 2019

नन्दराम जैसी । फागुन ६, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका बिरामीलाई फलफुल बितरण गरीएको छ । ६९ औ प्रजातनत्र दिवसको पुर्वसन्ध्याको अवसरमा स्वास्थ्य कार्यालयको नेतृत्वमा प्रतिष्ठानका दर्जनौ बिरामीलाई फलफुल बितरण गरीएको हो । चिसोको प्रकोपले प्रतिष्ठानमा विरामीको संख्या बढ्दै गएको छ । फलफुल पाएपछि प्रतिष्ठानका सबै बिरामीले खुसि ब्यक्त गरेका थिए । 

तस्बिर: प्रतिष्ठानका बिरामीलाई फलफुलसँगै सल्लाह दिँदै चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवाल

बिराामीलाई फलफुल दिँदै जिल्ला समन्वय समिति प्रमुख लाल बहादुर सार्कीले चिसोबाट सुरक्षित रहि आफ्नो स्वास्थ्यको ख्याल राख्न सुझाब दिए । साथै प्रतिष्ठानका चिकित्सकहरुलाई आवाश्यकता अनुसार बिरामीको उचित चेकजाँच गर्न उनले अनुरोध गरे । प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले भने, ‘चिसोले बिरामिलाई प्रतिष्ठानमा समेत निकै सकस छ, सोही अनुसार उपचार कार्यलाई प्रतिष्ठानले ब्यवस्थित बनाओस् ।’    

माघ महिना लागेसँगै परेको भारि हिमपात तथा बर्षा फागुनसम्म नरोकिएपछि अत्यधिक चिसो बढ्दा दम, रुघाखोकि, डायरिया र पेट दुख्ने लगायतका बिरामि बढेका हुन् । प्रतिष्ठानका मेडिकल डाईरेक्टर पुजनकुमार रोकायाका अनुसार दैनिक सय जना बढि चिसोले मात्रै बिरामि आउँछन् । हाल प्रतिष्ठान भर्ना भएका बिरामिहरु जुम्ला, मुगु र कालिकोटका बढि छन् । प्रतिष्ठानबाट आर्थिक बर्ष ०७४÷७५ मा मात्रै ४५ हजार बिरामिले उपचार सेवा लिएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!