कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानलाई एम्बुलेन्स

Posted on: 04 Oct, 2020

असोज १८, सिंजा | भारतीय राजदूतावासले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई एम्बुलेन्स उपलब्ध गराएको छ । १५१औँ गान्धी जयन्तीका अवसरमा राजदूतावासले करिब रु ६८ लाख २४ हजार मूल्य बराबरको आधुनिक प्रविधियुक्त एम्बुलेन्स शिक्षण अस्पताललाई उपहार दिएको हो । राजदूतावासले नेपाल सरकारलाई अनुदानमा दिएका तीन अत्याधुनिक सेवासहितका एम्बुलेन्समध्ये एक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदान गरेको हो ।

राजदूतावासले यो वर्ष पहिलोपटक नेपाललाई तीन प्रकारका एड्भान्स, बेसिक र कमन लाइफ सपोर्ट श्रेणीका एम्बुलेन्स प्रदान गरेको छ । दूतावासका अनुसार तीनै प्रकारका एम्बुलेन्स नेपाल सरकारको मापदण्डअनुसार निर्माण गरिएका छन् । सुविधासम्पन्न एम्बुलेन्सका लागि दूतावाससँग लामो समयदेखि भइरहेको मागपश्चात दूतावासले अत्याधुनिक सेवासहित एम्बुलेन्स प्रदान गरेको प्रतिष्ठानका अस्पताल निर्देशक डा मङ्गल रावलले बताउनुभयो । एम्बुलेन्स प्राप्त भएसँगै बिरामीको उद्धारमा थप खटिन सजिलो हुने उहाँको भनाइ छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!