कोरोना उपचारका लागि वीएण्डसी अस्पताल सरकारलाई दिने दुर्गा प्रसाईंको घोषणा

Posted on: 27 Mar, 2020

चैत १४, काठमाडौँ | झापाको बिर्तामोडमा रहेको वीएण्डसी अस्पताल सरकारलाई दिने सञ्चालक दुर्गा प्रसाईंले घोषणा गरेका छन् । 

विश्वव्यापी रुपमा कोरोना (कोभिड–१९) भाइरसको महामारी फैलिरहेका वेला उपचारका लागि सरकारलाई अस्पताल सुम्पने संचालक प्रसाईले घोषणा गरेका हुन् ।


वीएण्डसी अस्पतालसंग एक सय वटा आईसीयू, २५ वटा भ्याडिलेटर, एक सय ५ जना डाक्टर, नर्ससहित गरी ९ सय जना कर्मचारी छन् । सरकारले आफ्नो अस्पतालको डाक्टरहरु काम गर्न तयार रहेको भन्दै आवश्यक किट र प्रोटेक्टिभ लुगाको सरकारले व्यवस्था गरिदिनु पर्ने सर्त राखेका छन् । 

उनले चिकित्सकलाई तलब लगायत सबै कुराको व्यवस्था गरेर सरकारलाई आवश्यकता भएको दिनसम्मलाई अस्पताल दिन तयार रहेको घोषणा गरेका हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!