जाजरकोटमा सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्दार

Posted on: 03 Dec, 2019

मंसिर १७, जाजरकोट | जाजरकोटकी एक सुत्केरी महिलाको  हेलिकप्टरमार्फत उद्धार गरिएको छ | जिल्लाको जुनीचाँदे गाउँपालिका–२ की कमला नेपालीलाई मंगलबार बिहान सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा ल्याइएको हो |

सोमबार बिहान देखि  सुत्केरी व्यथा सुरु भएकी कमलाको बच्चा जन्मिन नसके पछि उनलाई उद्धार गरिएको हो | जुनीचाँदे–२ का वडा अध्यक्ष रामबहादुर नेपालीका अनुसार बच्चा नजन्मँदै अत्याधिक रक्तश्राव हुन थालेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत अस्पताल पुर्‍याइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!