'प्रचण्ड सहित नेताहरु एमालेमा विलिन भए ! हामीले १७ हजारले बलिदान गरेको पार्टी त्याग्न सकेनौं'

Posted on: 11 Jan, 2019

पुष २७, काठमाडौँ | प्रचण्ड नेतृत्वको तात्कालिन नेकपा माओवादी केन्द्र र तात्कालिन एमाले बीच एकता भएर नेकपा पार्टी गठन भए पनि गोपाल किरातीको नेतृत्वमा माओवादी केन्द्र पुन: सकृय बनाइएको छ । रुपान्तरण सहितको माओवादी केन्द्र बनाउने क्रममा रहेका सो पार्टी सम्बद्ध नेताहरुको दावी छ । 

गत मङ्सिर २७ र २८ गते काठमाडौँमा जारी माओवादी केन्द्रको बैठकले आगामी फागुन १ गते पार्टीको आठौँ महाधिवेशन गर्ने तयारी समेत सुरु गरिसकेको छ । महाधिवेशन तयारीको लागि उसले बिभिन्न प्रदेशमा भेला सम्पन्न गरिसकेको छ भने मंगलबारदेखि प्रचार-प्रसारको कार्यक्रम समेत सुरु गरेको छ । 

गोपाल किरातीको नेतृत्वमा पुनर्गठन भएको माओवादी केन्द्रका महासचिव कर्ण जित बुढाथोकी हुन् । अहिले माओवादी केन्द्रमा महासचिवको रुपमा नेतृत्व लिएपछि उनले पार्टीको संगठन निर्माण र नीति निर्माणमा महत्वपूर्ण भूमिका खेलेका छन् । कसरी प्रचण्ड नेतृत्वको तात्कालिन माओवादी र नेताहरु गलत बाटोमा गए, त्यसको अध्ययन गरेर पार्टी रुपान्तरण गर्न लागि परेको बताउने बुढाथोकीले माओवाद मान्नेहरु एकै कित्तामा उभिनु आवश्यक रहेको बताउदै आएका छन् । 


२०६४ मा भएको पहिलो संविधान सभाको निर्वाचनमा माओवादीबाट हुम्लामा प्रत्यक्ष बिजयी बनेर सांसद समेत भएका बुढाथोकीले २०७० को दोश्रो संबिधान सभाको निर्वाचन बहिस्कार गरेका थिए । त्यसपछि २०७४ मा भएको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा समेत हुम्लाबाट स्वतन्त्र सांसदलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका नेता हुन् ।  उनै नेता बुढाथोकीसँग साझा सबालले गरेको कुराकानी तल भिडियोमा हेर्न सक्नुहुन्छ: 


यस बिषयमा तपाइको प्रतिक्रिया...!