चालिस कटेपछि रमाउँलाई भन्ने गित सुन्दा रुन्छन् मन्त्री पण्डित (भिडियो हेर्नुहोस्)

Posted on: 07 Jun, 2018

जेठ २४, अमेरिका | सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बिदेशको नागरिकता लिने तर नेपालको मायाँ लाग्दछ भनेर झुट नबोल्न बिदेशमा रहेका नेपालीलाई आग्रह गरेका छन् । अमेरिकाबाट सञ्चालन हुने टेलिभिजन कार्यक्रम यु स्टाट अगेनका लागि बिषेश अन्र्तवार्ता दिदैं मन्त्री पण्डितले अरु देशको नागरिकता लिनेहरुलाई आफुले भुपु नेपाली भन्ने गरेको समेत प्रस्टाएका छन् । 

ग्रिनकार्ड तथा पिआर लिने नेपालीहरुप्रति कडा रुपमा प्रस्तुत हुंदै आएका पण्डितलाई तपाई ग्रिनकार्ड लिने नेपालीको किन बिरोध गर्नुहुन्छ भन्ने प्रश्नमा आफु ग्रिनकार्ड लिने नेपालीको बिरोधी नभएको तर अरु देशको नागरिकता लिएर नेपाल र नेपालीलाई गाली गर्नेहरुको कडा बिरोधी भएको जनाएका छन् । 


ठुला देशमा पुगेका र त्यहिको नागरिकता वा स्थायी बसोबास पत्र लिएका कतिपय नेपालीहरुले नेपालमा बस्नेहरुले केहि पनि जान्दैनन् र नेपाल खत्तम छ जस्तो अभिब्यक्ती दिंदा आफुलाई धेरै चित्त दुख्ने गरेको मन्त्री पण्डितले बताएका छन् । 

कार्यक्रम प्रस्तोता सूर्य थापासंग गरिएको ३५ मिनेट लामो सम्बादमा मन्त्री पण्डितले आफुले बिदेशको नागरिकता लिनेहरुले पैत्रिक सम्पतीमा हक नलाग्ने कानुन बनाउने तयारी गरेको समेत घोषणा गरेका छन् ।

अरब लगायतका खाडि मुलुकमा रहेका नेपालीहरु र देशप्रेमी नेपालीहरुले आफुलाई धेरै माया गर्ने गरेको बताउंदै मन्त्री पण्डितले अमेरिका लगायतका देशबाट पनि आफुबाट प्रभावित भएर युवाहरु नेपाल फर्कन लागेको समेत बताएका छन् । आगाी दश बर्षमा नेपालबाट युवाहरु बिदेशीनु नपर्ने माहौल बनाउने आफ्नो योजना समेत पण्डितले सुनाएका छन् । चालिस कटेपछि रमाउंला भन्ने गित सुनेर आफु धेरै पटक रोएको पनि पण्डितले कार्यक्रम सुनाएका छन् । 

मन्त्री लालबाबु पण्डितसंग गरिएको पुरा कार्यक्रम हेर्नुहोस्:


यस बिषयमा तपाइको प्रतिक्रिया...!