नेपाल सरकार डराएर हो, अरु देशमा भएको भए रवि लामिछाने पक्राउ परिसक्थे (भिडियो)

Posted on: 14 Dec, 2017

मङ्सिर २८, काठमाडौ । पछिल्लो समय सामाजिक संजालमा रबि लामिछाने र दिल निशानीको जुहारी चलेको छ । 

रबि लामिछाने नेपाली नागरिक हुन् वा होइन भन्ने प्रसङ्गले रबिका फ्यानहरुलाई चिड्यायो र दिल निशानी मगरलाई सामाजिक संजालमा बिरोध गर्नेहरुको लहर नै उर्लियो । तर यता दिल निशानी मगरले भने रबि लामिछाने नेपाली नागरिक नभएको अकाट्य र ध्रुब सत्य छ भनिरहेका छन । उनले रवी लामिछाने कानुनी रुपमा नेपाली नागरिक नभएको बताउदै लामिछानेको पत्रकारिताले राष्ट्रिय संबेदनसिलता माथी प्रश्न उठाएको दाबी समेत गरेका छन ।

ठुला ठुला कानुनको ब्याख्या गर्ने लामिछाने आफु नै कानुनविपरित नेपालमा बसेर पत्रकारिता गरेको आरोपसमेत उनले लगाएका छन् । उनले भने - 'के थाहा ! रवि लामिछाने अमेरिकाको गुप्तचर पो हुन् कि ?' कुन सन्दर्भमा दिल निसानीले यसो भने भिडियोमा हेर्न सक्नुहुनेछ । लामिछानेले अमेरिकाको पासपोर्टधारीले मिडियाको बलमा नेपालको सुचना लिन पाउने कुनै अधिकार नभएको उनले बताए । उनले भनेका छन् - 'अरु देशमा भएको भए लामिछाने पक्राउ परिसक्थे.. ।' मगरले सकारात्मक हुँदै भनेका छन् - 'लामिछानेले अमेरिकाको नागरिकता त्यागेर आउन स्वागत गर्न जान्छु । म उनको बारेमा सकारात्मक लेख्छु |... तर उनि अहिले कानुनी जटिलतामा छन् । अरुलाई कानुन सिकाउँदा आफुले पनि कानुन मान्नु पर्छ ।' 

यसै बिषयमा पत्रकार डि.बि. बुढाथोकीले समसामयिक बिषयमा दिल निशानी मगर संग गरेको अन्तर्वार्ताको सम्पादित अंश:


यस बिषयमा तपाइको प्रतिक्रिया...!