इलामको क्वारेन्टिनमा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ

Posted on: 17 Aug, 2020

भदौ १, मङ्गलबारे । इलामको सूर्योदय नगरपालिकाले निर्माण गरेको क्वारेन्टिनमा गए राति मृत्यु भएका २२ वर्षीय निशान सुन्दासको कोरोना नेगेटिभ आएको छ । भारतको हैदराबादबाट आएका उनी गत साउन २६ गतेदेखि क्वारेन्टिनमा थिए ।  

उनको मृत्युपछि सबै त्रस्त थिए । आज उनको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका कोरोना फोकल पर्सन विपुल अधिकारीले जानकारी दिनुभयो ।  उनलाई आइतबार बिहानदेखि श्वासप्रश्वासमा समस्या रहेको र बिहानैदेखि खाना नखाएपछि उपचार गरिँदै आइएको कोरोना फोकल पर्सन अधिकारीको भनाइ छ । रिपोर्ट नेगेटिभ आएकाले त्रसित नहुन नगरवासीलाई नगरपालिकाले आग्रह गरेको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!