इलाममा फरार सात अभियुक्त पक्राउ

Posted on: 22 Jan, 2019

माघ ८, पशुपतिनगर | इलाका प्रहरी कार्यालय पशुपतिनगरले कैद फैसला भएका सात फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाएको छ । 

जिल्ला अदालत इलाममा पेश गरिएको जरिवाना र कैद असुल गर्न बाँकी रहेको १६ लाख ३६ हजार ५२५ रुपैयाँ जरिवाना र एक वर्ष २० दिन कैद भएका सात फरार अभियुक्तलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा रु १५ लाख १६ हजार ६८८ जरिवाना र एक वर्ष बन मुद्दामा कैद सजाय तोकिएका रोङ गाँउपालिका–५ इरौटारका ५१ वर्षीय नेत्रबहादुर मगर, चोरी मुद्दामा २० दिन कैद र रु ३७ हजार ८३७ जरिवाना तोकिएका सप्तरी खडक नगरपालिका–१ स्थायी घर भई सूर्योदय नगरपालिका–१० बस्ने ३१ वर्षीय वीरेन मल्लिक छन् । 

हातहतियार मुद्दामा रु ८० हजार जरिवाना तोकिएका सूर्योदय नगरपालिका–७ का २६ वर्षीय सन्तोष पौडेल, गाली बेइजती मुद्दामा फरार माइजोगमाई–४ का महेश्वर आचार्य, कृष्णप्रसाद भट्टराई, भीष्म भट्टराई र मिलन भट्टराईलाई जनही रु ५०० कैद तोकिएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!