हुम्लामा हवाई सेवा अवरुद्ध

Posted on: 17 Apr, 2019

बैशाख ४, हुम्ला । हुम्लामा लगातारको वर्षापछि एकमात्र यातायातको साधन हवाइ सेवा प्रभावित भएको छ । मंगलबार बिहानदेखि लगातार वर्षा भएपछि सिमकोट विमानस्थलमा उडान भर्ने निजी वायु सेवाका जहाजहरुले उडान सेवा बन्द गरेका छन् । 

२ दिनसम्म उडान नभर्दा सिमकोट विमानस्थलमा आउने–जाने यात्रु अलपत्र परेका छन् । हवाइ सेवा बन्द हुँदा जिल्ला अस्पतालबाट थप उपचारका लागि रिफर भएका बिरामी थप मारमा परेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!