नाम्खा गाउँपालिकामा पठनपाठन बन्द

Posted on: 10 Sep, 2020

भदौ २५, सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा सम्पूर्ण विद्यालय बन्द भएका छन् । कोरोनाको त्रासले देशभरका शैक्षिक संस्था बन्द रहेका समयमा पनि नियमित पठनपाठन गराइरहेको गाउँपालिकाले बुधबारदेखि सम्पूर्ण विद्यालय बन्द गराएको हो । 

अहिलेसम्म ग्रीन जोनमा रहेको हुम्लामा  सङ्क्रमण हुने डरले गाउँपालिकाको गाउँ शिक्षा समितिको बैठकले शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको गाउँपालिका शिक्षा अधिकृत खेमराज शाहीले बताउनुभयो । गाउँपालिकाका १६  सामुदायिक र एउटा गुम्बा विद्यालय गरेर १७ वटै विद्यालय बन्द गराइएको गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समितिका अध्यक्ष विष्णु लामाले जानकारी दिनुभयो । 

जिल्लाका अन्य छ  स्थानीय तहले यसअघि नै शैक्षिक संस्था बन्द गरिसकेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!