हुम्लाको पर्यटन प्रवद्र्धन गर्न देउडा गित सार्वजनिक

Posted on: 14 Nov, 2018

रेशमराज रोकाया | कात्तिक २८, हुम्ला | हुम्लाको पर्यटन सम्वन्धी देउडा लयको गित युट्युबमा सार्वजनिक भएको छ । मेलापर्व र माया प्रेमका गित मात्र देउडामा गाईने भएको भएता पनि पर्यटन प्रवद्र्धनको लागि भने पहिलोपटक देउडा गित सार्वजनिक भएको छ । युट्युबमा सार्वजनिक भएको गितलाई युथ भ्वाईस नामक यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

जानकी रोकायाको स्वर, रेशमराज रोकायाको गित रचना र शारदा रोकायाको देउडा लयमा रहेको गितमा कुनै संगित नभरिएको भएता पनि दृश्याँकन भने गरिएको छ । आगामी दिनमा गितको स्टुडियोमा संगित सहित गित रेकर्ड गर्ने लक्ष्य रहेको गायिका जानकी रोकायाले बताउनु भयो । भिडियो भने लक्ष्मी मल्टिमेडिया, सिमकोट, हुम्लाले छायाँकन तथा निर्माण गरेको छ । सार्वजनिक भएको १ हप्तामा २५ सय भिउज् संकलन गरिसकेको भिडियोलाई भने सिमकोट गाउँपालिका र सर्केगाड गाउँपालिकाले निर्माण गर्दै गरेको पर्यटन सम्वन्धी वित्तचित्रमा प्रयोग गरिने लक्ष्य रहेको लक्ष्मी मल्टिमेडियाका व्यवस्थापक लक्ष्मी रोकायाले बताउनु भयो । गाउँपालिकाको पर्यटनसँग सम्वन्धित रहेको वित्तचित्र हाल लक्ष्मी मल्टिमेडियाले निर्माण गरिरहेको छ । आगामी असार मसान्त सम्म सार्वजनिक गरिने वित्तचित्रमा सिमकोट र सर्केगाड गाउँपालिकाको सुन्दरता, पर्यटकिय स्थल र त्यसको बारेमा जानकारी समेटिने लक्ष्मी मल्टिमेडियाका व्यवस्थापक लक्ष्मी रोकायाले बताउनु भयो । 

हुम्ला पर्यटकिय दृष्टिकोणले सुन्दर भएको भएता पनि प्रचार प्रसारको कमीले गर्दा यहाँका सम्पदार प्राकृतिक स्थलले चर्चा नपाईरहेको व्यवस्थापक लक्ष्मी रोकायाले बताउनु भयो । सानो प्रयासले भए पनि हुम्लाको प्रचार प्रसार र पर्यटन प्रवद्र्धनमा यो भिडियोले सहयोग गर्ने रोकायाको भनाई रहेको छ । विना शुल्क लक्ष्मी मल्टिमेडियाले हुम्लाको बारेमा केही योगदान गर्नु सामान्य मानिएको भएता पनि यहाँको लोक संस्कृती सँगै जिल्लाको बारेमा प्रचार प्रसारमा टेवा पुर्याउने लक्ष्य रहेको छ ।

अत्यन्तै स्वरका धनी जानकी रोकायाको भने यो पहिलो गित सार्वजनिक भएको छ । पहिलो गितमा समाजको लागि केही योगदान स्वरुप गित गाउन पाउँदा आफु अत्यन्त हर्षित भएको र दर्शकले राम्रो प्रतिक्रिया दिँदा आगामी दिनमा केही गर्ने जोश जाँघर पलाएको गायिका जानकी रोकायाले बताउनु भयो । गित मात्र नभएर त्यसको लयमा समेत मिठास भएमा गितले सार्थकता पाउने भएकोले कर्णालीमा नै प्रचलित रहेको भाका र लय आफुले छानी गितको बनाएको लय संकलन शारदा रोकायाको रहेको छ । 

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!