गुल्मीमा करेन्ट लागेर एक युवकको मृत्यु

Posted on: 04 Dec, 2020

मंसिर १९, गुल्मी | गुल्मीको मुसिकोट नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ | गएराती त्यस नगरपालिका वडा नम्वर ७ वामीटक्सार बजारका २६ वर्षीय धिरज कार्कीको आफ्नै पसलमा विद्युतको तार सर्ट भई करेन्ट लागेर मृत्यु भएको हो ।

उनको लुम्बिनी अस्पताल वामीटक्सारमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!