एक महिनादेखि बेपत्ता गुल्मीका नारायण पराजुली मृत फेला

Posted on: 05 Dec, 2019

मंसिर १९, गुल्मी | एक महिना अघि बेपत्ता भएका एक व्यक्ति मृत फेला परेका छन | गुल्मीको मालिका गाउँपालिका-६ आरुपाटामा ४१ वर्षीय नारायण पराजुली कात्तिक २० गतेदेखि बेपत्ता भएका थिए |

उनको शव एक महिना पछि भेटिएको  जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी मिनबहादुर घलेले बताए | उनको शव मालिका गाउँपालिकाको आरुपाटा जंगलमा फेला परेको छ | भीरबाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ |

शव पोष्टमार्टको लागि गुल्मी अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!