२५ दिनदेखि बेपत्ता गुल्मीका काशीराम पाण्डे मृत फेला

Posted on: 12 Nov, 2019

कात्तिक २६, गुल्मी | २५ दिनदेखि बेपत्ता रहेका गुल्मीका काशीराम पाण्डे सामुदायिक वनमा मंगलबार बिहान मृत फेला परेका छन् | जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ५ फोक्सीनी सामुदायिक वनमा ४५ वर्षीय काशीराम पाण्डे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणी पुनले जानकारी दिए |

शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पतालमा ल्याइएको र घटनाबारे थप अनुसधान भइरहेको प्रहरी निरीक्षक पुनले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!