गुल्मीमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

Posted on: 11 Aug, 2019

साउन २६, गुल्मी । गुल्मीमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । चन्द्रकोट गाउँपालिका-४ शन्तिपुरमा मोटरसाइकलको ठक्करबाट ४५ वर्षीय चित्रबहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ | 

शान्तिपुरबाट हरेवा तर्फ जाँदै गरेको लु१९प ८२७३ नम्बरको मोटरसाइकलले पैदल चित्रबहादुरलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट घाइते भएका सार्कीलाई उपचारको लागि शान्तिपुर उपस्वस्थ्य चौकी ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकल चालक पनि सामान्य घाइते भएका छन् । उनको पाल्पामा सामान्य उपचारपछि जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याइँदैछ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!