श्रममन्त्री विष्टको परिवारले पिउने पानीको ट्याङकीमा विष हालेको हल्ला फैलिएपछी...

Posted on: 29 Apr, 2019

बैशाख १६, गुल्मी । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टको घर–परिवारसहितका गाउँलेले पिउने पानीको ट्याङकीमा विष हालिएको भन्ने हल्ला फैलिएपछि तनाव उत्पन्न भएको छ । 

 सोमवार विहान मन्त्री विष्टका दाजु एवम् इस्मा गाउँपालिका प्रमुख लक्ष्मण विष्टलाई स्थानीय एक महिलाले ट्याङ्कीमा कसैले विष राखिदिएको बताएकी थिइन् । 

सो जानकारीपछि आफ्नो परिवारसहितका गाउँले उक्त ट्याङकीको पानी पिउन छाडेको अध्यक्ष विष्टले जानकारी दिए । 

उक्त ट्याङकीको पानी मन्त्रीविष्टको परिवारसहित वडा नम्वर ३ र ४ का करिव ५ सय घरधुरीले उपभोग गर्दै आएको बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!