गुल्मीमा छोरधारा बाँङ्गे लिफ्टीङ्ग खानेपानी आयोजनाको औपचारिक रुपमा उद्घाटन

Posted on: 06 Feb, 2019

लक्ष्मी अर्याल | माघ २३, गुल्मी | गुल्मीको मुसिकोट नगरपालिका १ मा छोरधारा बाँङ्गे लिफ्टीङ्ग खानेपानी आयोजनाको आज औपचारिक रुपमा उद्घाटन गरीएको छ ।

१ सय ६९ घरधुरीलाइ एक घर एक धाराको अभियानमा जोड्ने गरी सो योजनाको प्रदेश नम्बर ५ का बिशेषाधिकार समितिका सभापति कमलराज श्रेष्ठले उद्घाटन गरेका हुन् ।उद्घाटन पछि बोल्दै सासंद श्रेष्ठले प्रदेश सरकारले अबको तीन बर्ष भित्रमा प्रत्येक प्रदेशबासीको घरघरमा खानेपानी पुर्याउने उद्घोष गरे । खानेपानीको व्यवस्थापन सँगै प्रदेशमा अन्य धेरै बिकासका कामहरु सुरु भइरहेको भन्दै उनले खानेपानीको सदुपयोग गर्न आग्रह गरे । उनले पुराना मुलहरुलाइ सुक्न नदिन आग्रह गर्दै खानेपानीका मुल तथा अन्य प्राकृतिक श्रोतको सदुपयोगमा ध्यान दिन सबैलाइ आग्रह गरे ।कार्यक्रममा बोल्दै बिशेष अतिथि प्रदेश सभा सदस्य खड्ग केसीले अबकोे समय राजनैतिक लडाइमा भन्दा पनि बिकासका लडाइमा लाग्ने समय आएको बताए । नेपालको भौगोलिक बनावटले गर्दा पनि बिकासका कामहरु गर्न केही असहज भइरहेको भन्दै उनले सबै मिलेर देश निर्माणमा जुट्नुपर्ने दिन आएको बताए । उनले फरक प्रसँगमा पहिलेका पुर्खाहरु निकै बैज्ञानिक भएको भन्दै उनीहरुले बनाएका पानी पौवा, पोखरी हरुको संरक्षण आवश्यक रहेको बताए । अब तीन वटै सरकार मिलेर देश बिकास गर्नुपर्ने उनको भनाइ छ । मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोेटाले बिस्तारै नगरक्षेत्र भित्रका हरेक घरघरमा पानी पुर्याउने गरी कामहरु भइरहेको जानकारी दिदै बिकासका अन्य कामहरु प्नि सञ्चालन गरीरहेको जानकारी दिए ।

सो अवसरमा नेपाली काँग्रेस जिल्ला सचिब बिष्णु कुमारी सापकोटा, फिनल्याण्ड सरकारको तर्फबाट खानेपानी आयोजनाका प्रमुख प्राविधिक सल्लाहकार डा. सान्ना लेना राउतानेन लगायतले बोलेका थिए ।उद्घाटन कार्यक्रममा खानेपानी उपभोक्ता समितिका अध्यक्ष हरी बहादुर थापाको अध्यक्षता रहेको थियो भने प्रदेश नम्बर ५ का बिशेषाधिकार समितिका सभापति कमलराज श्रेष्ठ, प्रदेशसभा सदस्य खड्ग केसी, मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटा लगायतको उपस्थिती रहेको थियो । भने सञ्चालन खानेपानी आयोजना उपभोक्ता समितिका सचिब देवेन्द्र गुरुङ्गले गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!